नेप्सेमा लाग्यो नकारात्मक सर्किट ब्रेक, बजार ४० मिनेटका लागि बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    नेप्सेमा लाग्यो नकारात्मक सर्किट ब्रेक, बजार ४० मिनेटका लागि बन्द

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०७८, आईतवार

    काठमाडौ : साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा नकारात्मक सर्किट ब्रेक लागेको छ । बजार खुलेको दुई घन्टा बित्न ५ सेकेन्ड बाँकी हुँदा नेप्से ५.०३ प्रतिशतले घटेर नकारात्मक सर्किट ब्रेक लागेको हो । 

    सर्किट ब्रेक लागेसँगै बजार ४० मिनेटका लागि बन्द भएको नेप्सेले जनाएको छ। अब बजार १ः३९ः५५ मा पुनः खुल्नेछ ।

    बजार बन्द हुने अवधिसम्म २१५ कम्पनीको कारोबारमा सात अर्ब १९ करोड ९० लाख ३५ रुपैयाँ बराबरको एक करोड ४८ लाख ३१ हजार कित्ता सेयर खरिद-बिक्री भएको छ। जसमध्ये पाँच कम्पनीको मात्र सेयरमूल्य बढेको छ। बजारमा पहिराे गएसँगै सेयर काराेबारी अत्तालिएका छन् । नेपाल राष्ट्र बैंकको नयाँ नीतिका कारण सेयर बजार ओरालो लागेको सेयर विश्लेषकहरूको भनाइ छ ।