नेप्सेमा १०८ अंकको पहिरो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    नेप्सेमा १०८ अंकको पहिरो

    खबरपुञ्ज संवाददाता

    १९ भाद्र २०७८, आईतवार

    काठमाडौ : आइतबार सेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०८ दशमलव २६ अंकले घटेर बन्द भएको हो । 

    बजार खुलेको दुई घन्टा बित्न नपाउँदै नेप्से ५ दशमलव ०३ प्रतिशतले घटेर नकारात्मक सर्किट ब्रेक लागेको थियो । सर्किट ब्रेक लागेसँगै बजार ४० मिनेटका लागि बन्द भयो । 

    आइतबार २२३ कम्पनीका दुई करोड ३० लाख ७९ हजार आठ सय ३२ कित्ता सेयर कारोबार हुँदा ११ अर्ब २४ करोड तीन लाख बराबरको कारोबार भएको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूह ५१९ दशमलव ४६ र जीवन बीमा समूह ५११ दशमलव ७८ अंकले घटेको हो । 

    अरुण भ्याली हाइड्रोको उच्च कारोबार भएको छ । अरुण भ्यालीको ७० करोड ३३ लाख ३० हजार दुई सय रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।  

    नेप्सेका अनुसार आज सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९ दशमलव ९७ प्रतिशतले बढेको छ । अरु १३ कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकी सबै कम्पनीका लगानीकर्ता घाटामा गएका छन् । १३ वटा कम्पनीको १० प्रतिशतसहित ३१ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ ।