तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँमा थप एकको मृत्यु भएको छ । व्यास नगरपालिका-४ की एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
३३ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनमा भदौ ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
पछिल्लो २४ घण्टामा तनहुँमा पॉच जनामा सङ्क्रमण पुष्टि भएको छ । तीन महिला र दुई पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसक्रममा ४५ जनाको परीक्षण गरिएको थियो ।