तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकाका दश जना प्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार शुक्लागण्डकी नगरपालिकाका चार वडाध्यक्ष सहित दश जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका हुन् ।
निर्वाचन अधिकारी हरिप्रसाद ढकालले चार जना वडाध्यक्ष, एक जना दलित सदस्य र पॉच जना सदस्यले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेको जानकारी दिए । निर्वाचन कार्यालयले भदौ २२ सम्म सनाखतको समय दिएको छ ।
शुक्लागण्डकी नगरपालिका-३ का अध्यक्ष रामकुमार श्रेष्ठ, ५ का वडाध्यक्ष दीर्घबहादुर थापा, ७ का वडाध्यक्ष रामजी क्षेत्री र ११ का वडाध्यक्ष दलबहादुर थापाले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन्।
सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।