यस्ता छन् काङ्ग्रेस व्यास नगर सभापति उम्मेदवार अधिकारीका एजेण्डा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    यस्ता छन् काङ्ग्रेस व्यास नगर सभापति उम्मेदवार अधिकारीका एजेण्डा

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०७८, सोमबार

    तनहुँ : नेपाली काङ्ग्रेस व्यास नगर समितिको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका डम्बरबहादुर अधिकारीले आफ्ना एजेण्डा सार्वजनिक गरेका छन् । व्यास-१ को वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित अधिकारीले आफ्नो १५ बुँदे एजेण्डा सार्वजनिक गरेका हुन् ।

    व्यास नगरपालिका क्षेत्रभित्रका १४ वटै वडामा व्यवस्थित ढंगले पार्टीको कार्यालय सञ्चालनका लागि व्यवस्था गर्ने आफ्नो मुख्य एजेण्डा रहेको अधिकारीले जानकारी दिए ।

    त्यस्तै पार्टी संगठन सुदुढीकरणका लागि प्रत्येक वडामा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, आपतविपदमा परेका पार्टीका कार्यकर्ताहरुलाई सहयोगका लागि कोष स्थापना गर्ने, पार्टीको तर्फबाट व्यास नगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधीहरुले निर्वाह गरेको भूमिका बारेमा मूल्याङकन तथा छलफल गर्ने, आगामी स्थानीय तह निर्वाचनमा प्रमुख,उपप्रमुख सहित १४ वटै वडामा पार्टीका उम्मेदवारलाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने साथै प्रदेश र केन्द्र तहको निर्वाचनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

    यस्तै कांग्रेसको व्यास नगर र वडा कार्य समितिहरुलाई सूचना र प्रविधि मैत्री बनाइने, अग्रजलाई उचित सम्मान गर्दै पार्टीको वडा केन्द्र देखि केन्द्र तहसम्म युवा पुस्तालाई नेतृत्व तहमा पुरयाउनु पर्छ भन्ने मुद्धालाई पार्टी भित्र सशक्त ढंगले उठाउने, स्थानीय तह, प्रदेश सभा तथा प्रतिनिधि सभामा गुमेको तनहुँ कांग्रेसको साखलाई उचो पार्न भूमिका निर्वाह गर्ने, नगर,जिल्ला,प्रदेश र केन्द्र बीच समन्वयकारी भूमिका निर्वाह गर्ने, पार्टीको १४ औं महाधिवेशनमा पूरापूर्वकाल देखि चलि आएको सनातन हिन्दू धर्म संस्कृति संरक्षणको एजेण्डालाई सशक्त ढंगले उजागर गर्ने, पार्टी र लोकतन्त्र प्राप्तिका लागि महत्वपूर्ण योगदान पुरयाएका व्यक्तिहरुको तथ्याङक संकलन गरि सम्मान गर्ने, पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आयआर्जनको पाटो तर्फ जोड्ने, नगर क्षेत्र भित्रका बासिन्दालाई जतिसक्दो छिटो कोरोना खोपको व्यवस्थाका लागि पहल कदमी गर्ने।साथै पर्याप्त मात्रामा स्वास्थ्य सामाग्री उपलब्ध गराउन पहल गर्ने, कोरोना प्रभावित र दैवीप्रकोपबाट प्रभावित नगरबासीलाई राहतका लागि पहल गर्ने र युवा लक्षित कार्यक्रम लागू गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने एजेण्डा सार्वजनिक गरेका छन् ।