तनहुँ : तनहुँमा पछिल्लो पटक थप गरिएको निषेधाज्ञा सकिने पूर्वसन्ध्यामा आज दिउँसो कोभिड व्यवस्थापन समितिको बैठक बस्दैछ । जिल्ला सङ्कट व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्यद्वारा जारी निषेधाज्ञा सोमबार राति १२ बजे सकिने भएपछि आवश्यक निर्णय लिनका लागि दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।
बैठकले तनहुँमा अब निषेधाज्ञा थप खुकुलो बनाउने तयारी गरेको छ । परिस्थिति सहज भएकाले जिल्लामा निषेधाज्ञा खुकुलो बनाउने निष्कर्षमा पुगिएको प्रशासन स्रोतले जानकारी दिएको छ । विद्यालय सञ्चालनका लागि पनि बैठकले निर्णय गर्ने तयारी छ । यद्यपि स्थानीय तहले विद्यालय खुलाएर भौतिक उपस्थितिमै पठनपाठन शुरु गरिसकेका छन् ।
हाल जिल्लामा बिहान ७ देखि सॉझ ६ बजेसम्म पसल व्यवसाय खुलिरहेका छन् ।