दमौली : व्यास नगरपालिका-४ का वडाध्यक्ष विश्व न्यौपानेले नेकपा एकीकृत समाजवादीमा सनाखत गराएका छन् । नेकपा एमालेबाट व्यास नगरपालिकामा निर्वाचित एक्ला वडाध्यक्ष न्यौपानेले सोमबार निर्वाचन कार्यालयमा पुगेर नेकपा एसमा सनाखत गरेका हुन् ।
त्यस्तै सोही वडाका सदस्य मनबहादुर गुरुङले पनि नेकपा एसमा सनाखत गरेका छन् । दुवै जना सांसद कृष्णकुमार श्रेष्ठसँग निकट छन् ।
यससँगै नेकपा एसमा सनाखत गर्ने १२ जनप्रतिनिधि पुगेका छन् । शुक्लागण्डकी नगरपालिकाका चार वडाध्यक्ष सहित दश जनप्रतिनिधिले नेकपा एसमा सनाखत गराइसकेका छन् ।
सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।