कांग्रेस महाधिवेशन : प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कांग्रेस महाधिवेशन : प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०७८, सोमबार

    काठमाडौ : नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा युवा नेता प्रदीप पौडेलले पनि महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् । कृष्णप्रसाद सिटौला समूहबाट उनले महामन्त्रीमा उम्मेदवारी दिन लागेका हुन् ।  ‘महामन्त्रीमा उम्मेदवारी दिने निश्चित छ, वडा अधिवेशन सकिएपछि उम्मेदवारी घोषणा गर्छु’, पौडेलले भने । 

    १३औँ महाधिवेशनमा पनि सिटौला समूहमा रहेका पौडेल १४औँ महाधिवेशनमा पनि उनैलाई साथ दिने भएका हुन् । १३औँ महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका गगन थापा अहिले रामचन्द्र पौडेल समूहमा गएका छन् । 

    पौडेल समूहबाट उम्मेदवारी घोषणा भइसकेको छैन । तर, सो समूहमा रहेका थापाले महामन्त्रीमा उठ्ने घोषणा गरिसकेका छन् । आगामी २४ भदौमा कांग्रेस प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । उनले संस्थापन समूहबाट महामन्त्रीमा उम्मेदवारी दिन लागेका हुन् । 

    आगामी ९–१३ मंसिरमा कांग्रेसको १४औँ महाधिवेशन हुनेछ ।