सेलिब्रेटीको रोजाइमा पोखराको वर पिपल रिसोर्ट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    सेलिब्रेटीको रोजाइमा पोखराको वर पिपल रिसोर्ट

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०७८, सोमबार

    पोखरा : अघिल्लो वर्षको वैशाखदेखि पोखरा लेकसाइडमा सन्चालनमा आएको वर पिपल रिसोर्ट सेलिब्रेटीको रोजाइ बनेको छ ।

    महानायक राजेश, एक्सन स्टार शिव श्रेष्ठ नायिकाहरु मनिषा कोइराला, स्वस्तिमा खड्का, उपासना सिंह ठकुरी नायक सलोन बस्नेत लगायत नायक नायिका एक वर्षको छोटो अवधि मै वर पिपल पुगिसकेका छन ।

    कमेडियन जितु नेपाल स परिवार केही दिन अगाडि वर पिपल पुगेका थिए । गायिका इन्दिरा जोशी, गायक प्रताप दास लगायत गायक गायिका पनि वर पिपल पुगिसकेका छन् ।

    शान्त वातावरण रहेको रिसोर्टको रुमबाटै फेवाताल, शान्ति स्तुपा र वरपरको दृश्य अवलोकन गर्न सकिन्छ । नेपाली सँस्कृती झल्काउने फोर स्टार स्तरको रिसोर्टको रुफटपमा रहेको इन्फिनिटी स्विमिङ पुलमा स्विमिङ गर्दा समेत पोखरा आसपासको दृश्यपान गर्न पाइन्छ।

    रिसोर्टमा स्वीट रुममा ज्याकुजीको सुबिधा समेत छ। ग्राहकले स्पामा २० प्रतिशत र बेभरेजमा समेत १५ प्रतिशत छुट पाउने सञ्चालक जितु गुरुङले जानकारी दिए।