तनहुँ : तनहुँमा निषेधाज्ञा एकदमै लचक बनाइएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले निषेधाज्ञा लचक बनाएको हो । प्रमुख जिल्ला अधिकारी सागर आचार्यद्वारा जारी आदेश भदौ ३१ गतेसम्म लम्ब्याइएको छ ।
तनहुँमा अब सबै क्षेत्र खुल्ला भएको छ । यसअघि बन्द रहेका पार्टी प्यालेस पनि खुल्ला गर्न अनुमति दिइएको छ । स्वास्थ्य मापदण्ड पालना गरी कूल क्षमताको ५० प्रतिशतमा नबढ्ने गरी बेलुका ६ बजेसम्म सञ्चालनको अनुमति दिइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
त्यस्तै होटल व्यवसाय राति ९ बजेसम्म खुल्ला गर्न अनुमति दिइएको छ । यसअघि होटल सॉझ ६ बजेसम्म खुल्ला थियो । त्यसैगरी अन्य सबै पसल व्यवसाय ७ बजेसम्म खुल्ने भएको छ ।
यस्तै स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरि २५ जना भन्दा नबढ्ने गरि न्यूनतम सहभागितामा तालिम तथा प्रशिक्षणका कार्यक्रम सञ्चालन
गर्न अनुमति दिइएको छ ।