दमौली : नेपाली काङ्ग्रेसका व्यास नगर समितिका सचिव मोहनकुमार श्रेष्ठले नगर सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मङ्गलबार व्यास नगर समितिको बैठकमा श्रेष्ठले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
काङ्ग्रेसको गाउँ/नगर अधिवेशन भदौ २७ गते हुँदैछ । व्यास-५ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका श्रेष्ठले दुई कार्यकाल सचिवको जिम्मेवारी निभाएकाले आफू सभापतिको स्वभाविक उम्मेदवार भएको बताए ।
नेपाल तरुण दल तनहुँका उपाध्यक्ष रहेका श्रेष्ठ व्यास नगरपालिका-५ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता हुन् ।