नेकपा एमालेका १८१ जनप्रतिनिधिमध्ये तनहुँका १३ ले रोजे नेकपा एस (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेकपा एमालेका १८१ जनप्रतिनिधिमध्ये तनहुँका १३ ले रोजे नेकपा एस (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    २१ भाद्र २०७८, मंगलवार

    तनहुँ : तनहुँका स्थानीय तहमा निर्वाचित नेकपा एमालेका १८१ जनप्रतिनिधिमध्ये १३ जनाले एमाले छाडेका छन् । उनीहरुले निर्वाचन कार्यालयमा नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

    नेकपा एसमा सनाखत गर्नेमध्ये पॉच जना वडाध्यक्ष छन् भने अन्य सबै सदस्यहरु हुन् । निर्वाचन कार्यालयमा मङ्गलबारसम्म सनाखतको समय दिएको थियो । निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालका अनुसार आज ऑबुखैरेनी गाउँपालिका-६ का सदस्य सन्जय गुरुङले सनाखत गरेका थिए ।

    यसअघि व्यास-४ का अध्यक्ष विश्व न्यौपाने, शुक्लागण्डकी-३ का अध्यक्ष रामकुमार श्रेष्ठ, ५ का अध्यक्ष दीर्घ थापा, ७ का अध्यक्ष राम बहादुर क्षेत्री र ११ का अध्यक्ष दलबहादुर थापाले नेकपा एसमा सनाखत गरेका छन् ।

    यसैगरी कार्यपालिका सदस्यहरु सानुमाया महत, रिता भुजेल, वडा नम्बर ५ का सदस्य थपबहादुर आले, वडा नम्बर ९ का सदस्य डिलबहादुर आले, वडा नम्बर ११ का सदस्य थमन आले, डोलमाया विक र व्यास-४ सदस्य मनबहादुर गुरुङले नेकपा एकीकृत समाजवादीमा सनाखत गराएका छन् ।