यी हुन् काङ्ग्रेस व्यास नगर सभापतिका आकाङ्क्षी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    यी हुन् काङ्ग्रेस व्यास नगर सभापतिका आकाङ्क्षी

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०७८, बुधबार

    दमाैली : वडा तहको अधिवेशन सम्पन्न गरेपछि नेपाली काँग्रेस अव स्थानीय तहको अधिवेशनमा जुटेको छ । काँग्रेसले आगामी भदौ २७ गते देशैभरका स्थानीय तहको अधिवेशनको मिति तोकेको छ । स्थानीय तहको अधिवेशन नजिकिएसँगै स्थानीय राजनीति पनि तात्न थालेको छ । यतिबेला दमौलीका हरेक चिया पसल र चोक चोकमा नेपाली काँग्रेसको व्यास नगर कमिटिको अधिवेशनको चर्चा चल्न थालेको छ ।

    वडाको अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुले स्थानीय तहको नेतृत्व चयन गर्न पाउने भएपछि उम्मेदवारहरु क्षेत्रीय प्रतिनिधिको जोड घटाउमा लागेका छन् । हरेक उम्मेदवारहरु आफ्ना पक्षका प्रतिनिधिहरु गन्न थालेका छन् ।

    उम्मेदवारहरुले आफ्ना पक्षका क्षेत्रीय प्रतिनिधिलाई अर्काे समूहमा जान रोक्ने रणनीति पनि बनाउन थालेका छन् । अधिवेशन नजिकिएसँगै नगर सभापतिका उम्मेदवारहरु पनि बढ्न थालेका छन् । हालसम्म नौ जनाले नगरसभापतिमा उम्मदेवारी घोषणा गरेका छन् । यो संख्या अधिवेशनको दिनसम्म अझ बढ्न सक्ने बताइएको छ ।

    मङ्गलबार मात्र वडा नम्बर ५ का वडाअध्यक्ष मोहनकुमार श्रेष्ठले नगरसभापतिको उम्मेदबारी घोषणा गरेपछि यसले नगर अधिवेशनमै ट्विष्ट ल्याईदिएको छ । काँग्रेसजनमाझ राम्रो पकड बनाएका श्रेष्ठको उम्मेदवारी घोषणापछि यस अघि उम्मेदवारी घोषणा गरिसकेकाहरु डराउन थालेका छन् । श्रेष्ठ नेपाली काँग्रेसको निर्वाचित नगर सचिव समेत हुन् । उनले दुई कार्यकाल नगरको सचिवको जिम्मेवारी निभाईसकेका छन् ।

    सभापतिले उम्मेदवारी नदिने भएपछि स्वभाविक रुपले सचिव नै आगामी कार्यकालको सभापतिको आकांक्षी भएको हुँदा आफूले उम्मेदवारी घोषणा गरेको श्रेष्ठले बताए । हालसम्म श्रेष्ठ सहित अर्का नगर सचिव चुडामणी दाहाल, नगर सहसचिव डम्बर अधिकारी, ट्रेड युनियन काँग्रेसका अध्यक्ष सुर्यचन्द्र हड्खले, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, वडा नम्बर १० का वडा अध्यक्ष तुलसीराम सापकोटा, इन्जिनियर हरिदत्त पौडेल, डा. शेषरमण र व्यवसायी वैकुण्ठनाथ मिश्रले उम्मेदवारी घोषणा गरेका छन् ।

    सभापतिका उम्मेदवार मोहनकुमार श्रेष्ठले अब नेपाली काँग्रेसमा युवा पुस्ताहरु नेतृत्वमा आउनुपर्ने भन्दै युवाको प्रतिनिधित्व गर्दै आफूले उम्मेदवारी घोषणा गरेको बताएका छन् । आफूलाई नगरका अधिकांश क्षेत्रीय प्रतिनिधिहरुको साथ भएको कारण आफ्नो जित निश्चित भएको श्रेष्ठले दावी गरे ।

    यस्तै सभापतिका अर्का आकांक्षी चुडामणी दाहालले नेपाली कांग्रेस व्यास नगर समितिलाई हालको अझ व्यवस्थित रुपमा सन्चालन गर्ने, क्रियाशिल सदस्यता वितरण तथा अभिलेखको काम डिजिटल रुपमा राख्ने, विकास निर्माणका योजनाहरु छनौट गरि नगरपालिकामा सिफारिस गर्ने तथा अग्रज नेताहरुको सम्मान र युवा पुस्ताको मुल्यांकन गरी पार्टी सञ्चालन गर्ने आफ्नो योजना रहेको बताए ।

    सभापतिका अर्का आकांक्षी डम्बर अधिकारीले आफू निर्वाचित भएको खण्डमा व्यास
    नगरपालिकाका १४ वटै वडामा व्यवस्थित ढंगले पार्टी कार्यालय सञ्चालन गर्ने, पार्टी संगठन सुदृढीकरणका लागि प्रत्येक वडामा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, व्यास नगरपालिकाका १४ वटै वडामा व्यवस्थित ढंगले पार्टी कार्यालय सञ्चालन गर्ने, पार्टी संगठन सुदृढीकरणका लागि प्रत्येक वडामा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, आपतविपदमा परेका पार्टीका कार्यकर्ताहरुलाई सहयोगका लागि कोष स्थापना गर्ने, आगामी निर्वाचनमा तीनवटै स्थानीय तहमा पार्टीका उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउन भूमिका निर्वाह गर्ने बताएका छन् ।

    सभापतिका अर्का आकांक्षी सूर्यचन्द्र हड्खलेले युवाहरुको भावनालाई सम्मान गरि सभापतीको उम्मेदबारी दिएको बताए । प्रविधिसँग जोडिएका युवाहरुलाई सँगै लगी राजनीति पनि आकर्षित गर्न आफुले उम्मेदबारी दिएको उनको भनाई छ ।