साथीमार्टको ७६ औँ आउटलेट मैतिदेवीमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    साथीमार्टको ७६ औँ आउटलेट मैतिदेवीमा

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०७८, बुधबार

    काठमाडौं :सुरु भएको एक बर्ष नपुग्दै मेची देखि महाकालीसम्म फैलिएर नेपालकै ठुलो रिटेल चेन बन्न सफल साथीमार्टले काठमाडौको केन्द्र मैतिदेवीमा ७६ औँ आउटलेट सन्चालनमा ल्याएको छ ।

    नेपालकै पहिलो ओ टु ओ कमर्स (अनलाइन टु अफलाइन) सुबिधा सहित आएको साथीमार्टको मैतिदेवी आउटलेट फेन्चाइज नभइ साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्व (कोको मोडल)मा रहने साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताए ।

    आउटलेट काठमाडौंको मध्य क्षेत्रमा रहेकोले ब्रान्ड भ्यालु तथा स्टोरको बिक्रीमा समेत साकरात्मक प्रभाब पर्ने पोख्रेलको अपेक्षा छ । उपभोक्ताले साथीमार्टको आधिकारिक वेबसाइट (WWW.SAATHIMART.COM) मा आफुलाई आवस्यक सामान रोजेर अर्डर गरि घरैमा डेलिभरी मगाउन सक्नेछन् ।

    स्टोरमा ग्राहकले ३५ प्रतिशत सम्मको आकर्षक छुट फल्यास सेल, डिल अफ द मन्थ जस्ता अफर गरि ग्राहकलाई सहुलियत दिइने बताइएको छ। ब्रान्ड अफ द मन्थ, मेड इन नेपाल कलेक्सन मार्टको थप बिषेशता रहने छन् ।

    साथीमार्टका आफ्नै उत्पादन पनि बिशेष छुटमा मार्टमा खरिद गर्न सकिनेछ । होम डेलीभरी, पिक अप, अफीलीएट समेतको सुबिधा नयाँ आउटलेटमा उपलब्ध हुनेछ । करिब ८० लाखको लगानीमा सुरु गरिएको पोख्रेलले जानकारी दिए ।

    आउटलेटमा ग्रोसरी, कस्मेटिक, बेकरी, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, बर्थ डे, गिफ्ट, तरकारी फलफूल, पेट फुड, इलेक्ट्रोनिक्स लगायतका सामान बिशेष छुटमा उपलब्ध छन् ।

    त्यसका साथै यस अर्थीक बर्ष भित्र फ्रेन्चाइज बाहेक साथीमर्टकै लगानीमा नेपाल विभिन्न शहरमा १० वटा आउटलेट खोलिने पोख्रेलले बताए ।

    एफीलीएट योजन समेत सुरु हुने भएकाले केही महिनामै काठमाडौंका हजरौ युवाले स्वरोजगार हुने मौका पाउने संस्थापक सिइओ सागर पोख्रेलले बताए ।