‘उज्यालो घरका बालबालिका अब कम्प्युटर सिक्छन्’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    ‘उज्यालो घरका बालबालिका अब कम्प्युटर सिक्छन्’

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०७८, बुधबार

    दमौली : कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) व्यास नगरपालिका-१० बैरेनीस्थित उज्यालो घर बालगृहलाई कम्प्युटर सेट हस्तान्तरण गरेको छ । अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा क्यानले उज्यालो घरलाई बुधबार एक थान कम्प्युटर सेट हस्तान्तरण गरेको हो।

    व्यास-१० का वडाध्यक्ष तुलसीराम सापकोटाले सूचना र प्रविधिको अत्यन्त महत्व रहेको बताउँदै क्यानको कामको सराहना गरे । उनले अब उज्यालो घरका बालबालिकाले कम्प्युटर सिक्न पाउने बताए ।

    क्यान महासङ्घका गण्डकी प्रदेश अध्यक्ष तुल्सीराम पाण्डेले यस्तो सहयोगले संस्थालाई समाजप्रति अझ उत्तरदायी बनाउने बताए । क्यानका अध्यक्ष टिकाराम पनेरुले बालघरका बालबालिकालाई सूचना प्रविधिको पहुँचमा ल्याउन कम्प्युटर सहयोग गरिएको जानकारी दिए ।

    बालघरका अध्यक्ष दिपक न्यौपानेले सहयोगप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि सहयोगको अपेक्षा गरे । कार्यक्रममा क्यानका उपाध्यक्ष विश्वप्रकाश भुषाल, सदस्य मिनबहादुर कुंवर लगायतले मन्तव्य राखेका थिए ।