गोविन्दराज जोशीमाथिको कारबाही फिर्ता लिन विमलेन्द्र निधिको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गोविन्दराज जोशीमाथिको कारबाही फिर्ता लिन विमलेन्द्र निधिको माग

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०७८, बुधबार

    काठमाडौ : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पूर्वमहामन्त्री गोविन्दराज जोशीमाथि गरिएको अनुशासनको कारबाही फिर्ता लिन माग गरेका छन्। 

    प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई पत्र पठाएर उनले पूर्वगृहमन्त्रीसमेत रहेका जोशीमाथि गरिएको गरिएको कारबाही फिर्ता लिन माग गरेका हुन्। 

    पत्रमा उपसभापति निधिले कैलालीका नेता पुस्करनाथ ओझालाई गरिएको कारबाही पनि फिर्ता लिन माग गरेका छन्। 

    ‘नेताहरु गोविन्दराज जोशी, पुस्करनाथ ओझालगायतका नेता–कार्यकर्तामाथि गरिएको अनुशासनको कारबाही फिर्ता लिनुपर्ने भन्दै पत्र पठाउनुभएको छ’, निधिका प्रेस सल्लाहकार रामजी दाहालले नेपालखबरसँग भने, ‘पत्रमा कारबाही फिर्ताको निर्णय गर्न अविलम्ब केन्द्रीय कार्यसमिति बैठक बोलाउन आग्रह गरिएको छ। 

    २०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै पार्टीले नेताद्वय जोशी र ओझालाई एकैदिन कारबाही गरेको थियो। 

    १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा कारबाही गरिएका नेता–कार्यकर्ताको कारबाही फिर्ता लिए दूरदर्शी, बुद्धिमानी र विवेकसम्मत हुने उपसभापति निधिको दाबी छ। 

    उनले महाधिवेशन प्रतिनिधिमा समावेशी प्रतिनिधित्व बारेमा निर्वाचन निर्देशिका बनाएर कार्यान्वयन गर्ने क्रममा केही त्रूटि विरोधभाषपूर्ण प्रवधान उजागर भएको पनि पत्रमा उल्लेख गरेका छन्। 

    निर्वाचन निर्देशिकाअनुसार संघीय संसद निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा सवै आरक्षित समूहको प्रतिनिधित्व हुने प्रत्याभूत व्यवस्थामा कटौती हुन गएको निधिको भनाइ छ। 

    ‘यो समावेशी मान्यता र १३औं महाधिवेशनसम्म कायम पार्टीको पद्धतिविपरीत भयो। सबै आरक्षित समूहबाट अनिवार्य प्रतिनिधित्व हुने प्रावधान पुनः व्यवस्थित गर्नका लागि पनि केन्द्रीय कार्यसमिति बैठक बोलाउनुपर्ने भन्दै पत्रमा आग्रह गरिएको छ’, दाहालले भने। (नेपाल खबरबाट)