काङ्ग्रेस अधिवेशन : पालिका अधिवेशनका लागि मतदान अधिकृत तोकिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काङ्ग्रेस अधिवेशन : पालिका अधिवेशनका लागि मतदान अधिकृत तोकिए

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०७८, बिहीबार

    तनहुँ : नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तरगत वडा अधिवेशन सकिएपछि तनहुँमा पालिका अधिवेशनको तयारी थालिएको छ। भदौ २७ गते हुने पालिका अधिवेशनका लागि दश वटै पालिकामा मतदान अधिकृत तोकिएका छन् ।

    नेपाली काङ्ग्रेस तनहुँका अनुसार व्यासमा भरत काफ्ले, भिमादमा चन्द्रप्रकाश सुवेदी, शुक्लागण्डकीमा विजयराज पौडेल, भानुमा उपेन्द्र विष्ट, देवघाटमा केशवराज काफ्ले, बन्दिपुरमा दिपबहादुर खत्री, ऑबुखैरेनीमा नारायणप्रसाद अधिकारी, म्याग्देमा अशोकचन्द्र वाग्ले, घिरिङमा लक्ष्मीप्रसाद अधिकारी र ऋषिङमा विष्णुप्रसाद बराल मतदान अधिकृत तोकिएका छन् ।