ज्येष्ठ नागरिक आश्रमका नागरिकलाई लियो क्लवको दर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    ज्येष्ठ नागरिक आश्रमका नागरिकलाई लियो क्लवको दर

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०७८, बिहीबार

    दमौली : लियो क्लव अफ तनहुँले व्यास नगरपालिका-५ पाटनस्थित ज्येष्ठ नागरिक आश्रमका नागरिकलाई दर खुवाएको छ । तीज पर्वका अवसरमा क्लवले ज्येष्ठ नागरिकलाई दर खुवाएको हो।

    क्लवका अध्यक्ष सुनिल मिश्रले सामाजिक उत्तरदायित्व अन्तरगत ज्येष्ठ नागरिकसँग तीजको दर कार्यक्रम गरिएको जानकारी दिए । कार्यक्रममा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, लायन्स क्लवका पूर्व गभर्नर अशोककुमार श्रेष्ठ, नेपाली काङ्ग्रेस व्यास नगरका सचिव मोहनकुमार श्रेष्ठले क्लवले गरेका सामाजिक कामको प्रशंसा गरे ।