आदिकवि रेख सारु मगर साहित्य पुरस्कार रुकुमका बूढालाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आदिकवि रेख सारु मगर साहित्य पुरस्कार रुकुमका बूढालाई

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०७८, बिहीबार

    तनहुँ : आदिकवि रेखबहादुर सारु मगर साहित्य तथा स्मृति प्रतिष्ठानले यस वर्षको आदिकवि रेख सारु मगर स्मृति साहित्य पुरस्कार रुकुम पूर्वका कर्णबहादुर बूढा मगरलाई प्रदान गर्ने भएको छ । मगर भाषाका आदिकवि सु. रेखबहादुर सारु मगरको ७८ आंैं जन्मजयन्तीका अवसरमा प्रतिष्ठानले उक्त पुरस्कारको घोषणा गरेको हो । उक्त पुरस्कारको राशी नगद रु दश हजार रहेको छ ।

    यसैगरी आदिकवि रेख सारु मगर नव प्रतिभा साहित्य पुरस्कार गैडाकोट नगरपालिका नवलपुरका भोज विवश मगरलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशी रु पाँच हजार रहेको छ ।

    दुवै पुरस्कार भदौ २८ गते भर्चुअल माध्यमबाट आयोजना हुने कार्यक्रमका प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष खड्क पामी आले मगरले जानकारी दिए । कोरोना कहरका कारण भौतिक उपस्थितिमा कार्यक्रम गर्न नसकिएको उनले बताए । प्रतिष्ठानले प्रत्येक वर्ष रेखबहादुर सारु मगरको जन्म जयन्तीमा दुई जना स्रष्टा सम्मान गर्दै आएको छ ।

    आदिकवि पुरस्कार २०७८ का लागि स्रष्टा छनौट उपसमितिको सिफारिसमा भदौ २३ गते भर्चुअल माध्यमबाट बसेको बैठकले पुरस्कारको घोषणा गरेको हो । मगर मातृभाषाको वृत्तिविकास र साहित्यका लागि योगदान पु¥याए बापत उनीहरुलाई पुरस्कृत गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

    पुरस्कृत हुन लाग्नुभएका कर्णबहादुर बूढा मगरले आधारभूत मगर व्याकरण पुस्तक रचना गरेका छन् भने भोज विवश मगरले लखन थापा मगर कविता सङ्ग्रह, स्मृतिका पानाहरु लगायतका पुस्तक प्रकाशन गरेका छन् ।