


दमौली : विश्वकै दुर्लभ रोग स्पाइनल मस्कुलर एट्रोफीबाट ग्रसित ९ महिने उस्मान अलीको उपचारका लागि नूर मुस्लिम महिलाले करिब ९० हजार जुटाएको छ। शुक्लागण्डकी-५ निवासी उस्मान अलीको उपचारका लागि नूर मुस्लिम महिलाले दमौलीबाट ८९ हजार ९ सय रकम जुटाएको हो ।
उक्त रकम बिहीबार उस्मान अली बचाउ अभियानका दमौली संयोजक मोहम्मद गफ्फार (सुदिप) लाई हस्तान्तरण गरिएको छ । ती बालकको उपचारका लागि देश तथा विदेशबाट सहयोग जुट्ने क्रम जारी रहेको गफ्फारले जानकारी दिए ।