फरार तीन प्रतिवादी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    फरार तीन प्रतिवादी पक्राउ

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०७८, बिहीबार

    तनहुँ : विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका तीन फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । विविध, लागुऔषध र झगडा मुद्दामा फरार रहेका तीन प्रतिवादीलाई बिहीबार पक्राउ गरिएको हो ।

    विविध मुद्दामा व्यास नगरपालिका–५ घर भई हाल व्यास नगरपालिका–२ बस्ने २० वर्षीय सुनिल थापा पक्राउ परेका छन् । निजलाई तनहुँ अदालतले विसं २०७८ वैशाख ४ गते एक महिना १५ दिन कैद र रु दुई हजार जरीवानाको फैसला सुनाएको थियो ।

    यसैगरी लागुऔषध र झगडा मुद्दामा फरार एक÷एक प्रतिवादीलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेकालाई आवश्यक कैद भुक्तानका लागि अदालत उपस्थित गराइएको छ । प्रहरीले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजीलाई तीव्र पारेको छ ।