महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने पौडेलको घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने पौडेलको घोषणा

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०७८, बिहीबार

    तनहुँ : नेपाली काङ्ग्रेसका युवा नेता शङ्कर पौडेलले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । व्यास नगरपालिका–८ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित पौडेलले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    सक्षम, प्राज्ञिक र सशक्त नेतृत्व ः रुपान्तरण, पुस्तान्तरण र हस्तान्तरण हाम्रो दायित्व भन्ने नारा सहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिन लागेको पौडेलले बताए । पौडेल नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालयका पूर्व अध्यक्ष समेत हुन् ।

    मानवशास्त्रमा एमफिल गरेका पौडेलले राजनीतिशास्त्र र जनसङ्ख्या अध्ययनमा स्नातकोत्तर गरेका छन् । उनी अधिवक्ता समेत हुन् । २०४८ सालमा नेपाल विद्यार्थी सङ्घबाट राजनीति शुरु गरेका पौडेलले नेपाल विद्यार्थी सङ्घ पृथ्वीनारायण क्याम्पसमा सदस्य, सहसचिव, त्रिभुवन विश्वविद्यालयमा सभापति, नेपाली काङ्ग्रेस तनहुँको कोभिड १९ अनुमन समितिको संयोजक भएर काम गरिसकेका छन् ।