


दमौली : रोटर्याक्ट क्लव अफ वेदव्यासले सेकेन्ड चार्टर डे व्यास-१० बैरेनीस्थित उज्यालो बालघरमा मनाएको छ । दमौलीका युवती सङ्गठित भएर गठन गरिएको उक्त क्लवले बिहीबार सेकेन्ड चार्टर डे मनाएको हो ।
सो क्रममा बालघरका बालबालिकालाई आवश्यक सामग्री वितरण गरिनुका साथै बालबालिकासँग केक काटिएको क्लवकी अध्यक्ष मुना गुरुङले जानकारी दिइन् ।