कोरोना सङ्क्रमण : व्यासका ७० वर्षीय पुरुषको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना सङ्क्रमण : व्यासका ७० वर्षीय पुरुषको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २४ भाद्र २०७८, शुक्रबार

    दमौली : कोरोना सङ्क्रमणबाट तनहुँका थप एकको मृत्यु भएको छ । व्यास नगरपालिकाका पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    व्यास-१४ का ७० वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । उनमा भदौ २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    यसैगरी शुक्रबार तनहुँका पॉच महिला र चार पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८३ जनाको कोरोना परीक्षण गरिएको थियो ।