रहेनन् ९ महिने उस्मान अली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रहेनन् ९ महिने उस्मान अली

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०७८, शनिबार

    दमौली : विश्वकै दुर्लभ रोग ‘स्पाइनल मस्कुलर एट्रोफी’ बाट ग्रसित शुक्लागण्डकी-५ का ९ महिने उस्मान अलीको निधन भएको हो । कान्ति बाल अस्पतालमा उपचाररत उनको गएराति निधन भएको हो ।

    उस्मान अली बचाउ अभियानका दमौली संयोजक मोहम्मद गफ्फार (सुदीप) ले उस्मानको मृत्युको पुष्टि गरेका छन्। निकै महङ्गो उपचार खर्च लाग्ने भएकाले देश तथा विदेशबाट उस्मानको उपचारका लागि सहयोग सङ्कलन जुटाउने कार्य भइरहेको थियो ।

    करिब २६/२७ करोड उपचारमा लाग्ने भएकाले उपचार खर्च जुटेपछि उनलाई विदेश लैजाने तयारीमा परिवार रहेको थियो ।