संखुवासभा हत्याकाण्डः एक आरोपी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कोशी

    संखुवासभा हत्याकाण्डः एक आरोपी पक्राउ

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०७८, शनिबार

    काठमाडौ : सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डमा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ गरिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताएका छन् ।

    तर पक्राउ परेकाको पहिचान खुलाउन प्रहरीले चाहेको छैन। आइतबारसम्ममा हत्याकाण्डमा संलग्न अन्यको पनि पहिचान खुल्न सक्ने अनुसन्धानमा खटिएका प्रहरी उपरीक्षक भीम दाहालले बताए।

    उनले भने, ‘आइतबारसम्ममा धेरै कुराहरू खुल्छ। त्यसपछि पत्रकार सम्मेलन गरेर अहिलेसम्मको अनुसन्धानको प्रगति बताउने योजना छ।’

    गत सोमबार बिहानै सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बाैद्धमान कार्कीकाे परिवारका ६ जना सदस्यको हत्या भएको थियो।

    उक्त हत्याकाण्डमा बाैद्धमानका छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्कीकाे हत्या भएको थियो।

    उक्त घटनाको अनुसन्धानमा सिआइबीको टोली खटिएको छ।