काङ्ग्रेस व्यास-२ को कोषाध्यक्षमा मियॉ मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    काङ्ग्रेस व्यास-२ को कोषाध्यक्षमा मियॉ मनोनित

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०७८, शनिबार

    दमौली : नेपाली काङ्ग्रेस व्यास नगरपालिका-२ को कोषाध्यक्षमा रफत साना मियॉ मनोनित भएकी छिन् । काङ्ग्रेस व्यास-२ को नवनिर्वाचित समितिको शनिबार बसेको पहिलो बैठकले मियॉलाई कोषाध्यक्षमा सर्वसम्मत मनोनित गरेको हो ।

    काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तरगत वडा अधिवेशनबाट सदस्यमा निर्वाचित मियॉ कार्यसमितिको बैठकबाट कोषाध्यक्षमा मनोनित भएकी हुन् । काङ्ग्रेसको विधान अनुसार कोषाध्यक्ष कार्यसमितिबाट मनोनित गर्ने प्रावधान छ । व्यास-२ का वडा सभापति टुकबहादुर हमालको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

    तनहुँ सौन्दर्यकर्मी सङ्घकी पूर्व अध्यक्ष समेत रहेकी मियॉले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउने प्रतिबद्धता व्यक्त गरिन् ।