एमसिसीको विरोधमा दमौलीमा सिठी जुलुस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमसिसीको विरोधमा दमौलीमा सिठी जुलुस

    खबरपुञ्ज संवाददाता

    २६ भाद्र २०७८, शनिबार

    दमौली : एमसिसीको विरोधमा दमौलीमा शनिबार सिठी जुलुस निकालिएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले एमसिसीको विरोधमा सिठी जुलुस निकालेको हो ।

    एमसिसी राष्ट्रघाती भएकाले सम्झौता नगर्न राजनीतिक दललाई खबरदारी स्वरुप सिठी जुलुस निकालिएको सो पार्टीका नेता एटम विकले बताए ।

    जुलुसमा ‘एमसिसी खारेज गर, एमिसिसी चाहिदैन : देश बेच्न पाइँदैन’ लगायतका नारा लगाइएको थियो ।

    एमसिसीका विषयमा देशभर विरोध भइरहेको छ । एमसिसीका अधिकारी यतिबेला नेपालमा छन् । उनीहरुले प्रमुख राजनीतिक दलका नेतालाई भेटघाट गर्दै एमसिसी सम्झौताका लागि दबाब दिइरहेका छन् ।