दमाैली : कम्प्युटर एशोसियन नेपाल महासंघ तनहुँ शाखाले व्यवसायीहरुलाई कर सम्बन्धी तालिम प्रदान गरेकाे छ । तालिमकाे उद्घाटन गर्दै क्यान महासंघ गण्डकी अध्यक्ष तुल्सीराम पाण्डेले समय सान्दर्भिक रुपमा व्यवसायीको हितमा कर सम्बन्धी तालिम आयाेजना गरिएकाे बताए ।
तालिमको अभावमा धेरै व्यवसायी अलमलिइरहेकाे अवस्थामा तालिमले व्यवसायमा सहयाेग पुग्ने उनकाे भनाई छ । नेपाल ट्याक्स हेल्पलाइन प्रा.लि.का अच्युत भट्टराईले सहजीकरण गर्दै आयकर, प्यान, भ्याटका बारेमा व्यवसायीहरु जानकार हुन आवश्यक रहेको बताए ।
सहभागीहरुलाई सिए अमित रिजाल र सिए राजमणि पोख्रेलले पान र भ्याटका व्यवसायीले कसरी विवरण दाखिला गर्ने भन्ने बारेमा जानकारी गराएका थिए ।
कम्प्युटर एशोसियन नेपाल महासंघ तनहुँ शाखाका अध्यक्ष टिकाराम पनेरुको सभापतित्वमा भएको कार्यक्रमका सहभागीलाई स्वागत गर्दै महासंघ तनहुँका वरिष्ठ उपाध्यक्ष विश्वप्रकाश भुषालले तालिम व्यवसायीहरुलाई लाभदायी हुने धारणा व्यक्त गरेका थिए । सहभागीका तर्फबाट रामप्रसाद भुषाल, सोना श्रेष्ठले आफ्ना भनाई राखेका थिए ।