मितेरीभन्ज्याङमा सुमो दुर्घटना : एकजनाको मृत्यु, नौ घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कोशी

    मितेरीभन्ज्याङमा सुमो दुर्घटना : एकजनाको मृत्यु, नौ घाइते

    खबरपुञ्ज संवाददाता

    २६ भाद्र २०७८, आईतवार

    ओखलढुंगा : मोनभञ्ज्याङ गाउँपालिका-६ मितेरीभन्ज्याङमा आइतबार टाटा सुमो दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा नौजना घाइते भएका जिल्ला प्रहरी प्रमुख डिएसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।

    घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि घुर्मी पठाइएको छ।  आइतबार दिउँसो मानेभज्याङ गाउँपालिका-१ मोलीबाट काठमाडाैंका लागि छुटेको बा११च ५२१० नम्बरको स्कारपियो सुमो दुर्घटनामा परेको डिएसपी काफ्लेले जानकारी दिए । 

    डिएसपी काफ्लेसहितकोे टोली घटनाथस्थलमा गइरहेको र यसबारे पूर्ण विवरण आउन बाँकी छ ।