एमसिसीको विरोधमा दमौलीका युवाले निकाले शवयात्रा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमसिसीको विरोधमा दमौलीका युवाले निकाले शवयात्रा

    खबरपुञ्ज संवाददाता

    २७ भाद्र २०७८, आईतवार

    दमाैली : एमसिसीको विरोधमा युवाहरुले आइतबार दमौलीमा शवयात्रा निकालेका छन् । एमसिसीलाई राष्ट्रघाती भन्दै युवाहरुले एमसिसीलाई शव बनाएर शवयात्रा निकालेका हुन् ।

    अनसनचोकबाट शुरु भएको युवाहरुको ¥यालीले मुख्यचोकमा पुगेर शव बिसर्जन गरेका छन् । एमसिसी सम्झौता देशको हित विपरित रहेकाले खबरदारी स्वरुप कार्यक्रम गरिएको युवा सागर घिमिरेले जानकारी दिए । एमसिसीको विरोधमा युवाहरु जागरुक हुने बेला आएको अर्का युवा मोहम्मद गफ्फार (सुदीप) ले बताए ।