दमौली : अनेरास्ववियु क्रान्तिकारी तनहुँको अध्यक्षमा मिलन महत चयन भएका छन् । आइतबार दमौलीमा सम्पन्न २२ औ जिल्ला सम्मेलनबाट महतको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समिति चयन भएको छ।
जसको उपाध्यक्षमा नवराज विक, सुस्मिता केसी, विजय अछामी, आशिष बसौला, सचिवमा कमल गुरुङ, सहसचिवमा प्रमिला पाटा मगर, स्वस्तिका धिताल र कोषाध्यक्षमा सीता बराल चयन भएका छन् ।