अनाधिकृत सेवा लिएको अभियोगमा तनहुँका सात जना विरुद्ध मुद्दा दायर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अनाधिकृत सेवा लिएको अभियोगमा तनहुँका सात जना विरुद्ध मुद्दा दायर

    खबरपुञ्ज संवाददाता

    २६ भाद्र २०७८, आईतवार

    तनहुँ : अख्तियार दुरुपयोग अनुसनधान आयोगले अनाधिकृत रूपमा विभिन्न सेवा सुविधा लिएको अभियोगमा तनहुँको साविक घाँसीकुवा गाविसका तत्कालीन गाविस सचिव रामराज न्यौपानेसहित सात जना विरुद्ध साेमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    आयोगका अनुसार दशैँ खर्च परिषद् तयारी खर्च भनी अनाधिकृत सुविधा लिएको, परिषद्को निर्णय बिना नै आर्थिक सहायता दिएको र परामर्शदाता नियुक्तिपछि पहिल्यैदेखिको सम्झौता बनाई रकम भुक्तानी गरेको पाइएपछि गाविस सचिव न्यौपाने विरुद्ध रु एक लाख ४७ हजार ३६४ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरिएको हो ।

    यस्तै, आयोगले तत्कालीन इन्जिनियर शुकदेव अधिकारी विरुद्ध रु ६३ हजार ७५०, तत्कालीन योजना अधिकृत गणेश घिमिरे विरुद्ध रु ६३ हजार ७५०, तत्कालीन इन्जिनियर तीर्थराज ढुङ्गाना विरुद्ध रु ७२ हजार २५० बराबरको बिगो दाबी गरिएको छ । यस्तै, लेखापरीक्षक नरहरि पण्डित र श्रीभद्र खनाललाई भने कानुनअनुसार कारवाहीको माग गरिएको छ ।

    .नं.नामथर कार्यालयबिगो रु.कसुर तथा सजायको मागदाबी
    १तत्कालीन गा.वि.स. सचिव रामराज न्यौपानेसाविक घाँसीकुवा गा.वि.स. तनहुँरु. १,४७,३६४।७५भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को प्रावधानबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को देहायको खण्ड (घ) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त रकम असुलउपर गर्न समेत मागदाबी लिइएको छ ।
    २तत्कालीन इन्जिनियर शुकदेव अधिकारीतत्कालीन जिल्ला प्राविधिक कार्यालय, तनहुँरु. ६३,७५०।-भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को प्रावधानबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को देहायको खण्ड (ग) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त रकम असुलउपर गर्न समेत मागदाबी लिइएको छ ।
    ३तत्कालीन योजना अधिकृत गणेश घिमिरे तत्कालीन जिल्ला विकास समितिको कार्यालय तनहुँ रु. ६३,७५०।-भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को प्रावधानबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को देहायको खण्ड (ग) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त रकम असुलउपर गर्न समेत मागदाबी लिइएको छ ।
    ४तत्कालीन इन्जिनियर तिर्थराज ढुङ्गानातत्कालीन जिल्ला प्राविधिक कार्यालय, तनहुँ रु. ७२,२५०।-भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को प्रावधानबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को देहायको खण्ड (ग) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त रकम असुलउपर गर्न समेत मागदाबी लिइएको छ ।
    ५तत्कालीन अधिकृत ऋषिभक्त वाग्लेतत्कालीन जिल्ला विकास समितिको कार्यालय तनहुँ रु. ७२,२५०।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को प्रावधानबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को देहायको खण्ड (ग) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त रकम असुलउपर गर्न समेत मागदाबी लिइएको छ ।
    ६रजिष्टर लेखापरीक्षक नरहरि पण्डित र श्रीभद्र खनाल साविक घाँसीकुवा गा.वि.स. तनहुँ–भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ उपदफा (१) बमोजिम निजहरुलाई सजाय हुन मागदाबी लिइएको छ ।