डिआइजीले गरे तनहुँका एसपीसँग कार्य सम्पादन सम्झौता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    डिआइजीले गरे तनहुँका एसपीसँग कार्य सम्पादन सम्झौता

    खबरपुञ्ज संवाददाता

    २६ भाद्र २०७८, आईतवार

    तनहुँ : गण्डकी प्रदेशका प्रहरी नायब महानिरीषक दिवेश लोहनीले तनहुँका प्रहरी उपरिक्षक दिनेशराज मैनालीसँग कार्य सम्पादन सम्झौता गरेका छन् । गण्डकी प्रदेश अन्तर्गत नेपाल प्रहरीबाट सम्पादन हुने विभिन्न गतिविधिहरुलाई थप व्यवस्थित, परिस्कृत तथा विश्वासयोग्य बनाउन लोहनीले प्रहरी उपरिक्षक मैनालीसँग सम्झौता गरेका हुन् । एक वर्षे कार्ययोजना–२०७८÷०७९ सम्बन्धी सम्झौता पत्रमा आइतबार हस्ताक्षर भएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक लोहनीले नेपाल प्रहरीले विगतदेखि नै सम्पादन गर्दै आइरहेका विविध गतिविधिहरुलाई थप परिस्कृत र व्यवस्थित बनाउन लक्ष्य निर्धारण गरी कार्यसम्पादन सम्झौता अनुरुप काम गर्न निर्देशन दिए ।

    साथै कार्यसम्पादनका क्रममा सेवाग्राहीलाई आचरणयुक्त र शिष्टताका साथ व्यवहार गर्न गराउन निर्देशन दिँदै उनले प्रहरीबाट हुने कुनै पनि गैह्र व्यावसायिक, अमर्यादित र अपारदर्शिताका विषयहरु क्षम्य नहुने बताए ।

    शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणाली विकास, सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापन थप प्रभावकारी बनाउने लगायतका १३ वटा लक्ष्य निर्धारण गरी सम्झौता गरिएको छ ।