सोमबार १४ सय संक्रमित थपिए, १६ जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सोमबार १४ सय संक्रमित थपिए, १६ जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २७ भाद्र २०७८, सोमबार

    काठमाडौं : पछिल्लो २४ घण्टामा सोमबार मुलुकमा १४ सय ८६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १६ हजार ५३९ वटा नमूना (पीसीआर १२,५३२ र एन्टीजेन ४,००७) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १६ जनाको मृत्यु भएको छ भने १२ सय ६० जना डिस्चार्ज भएका छन् ।

    गत २४ घण्टामा ९१ हजार ८३० जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हालसम्म मुलुकमा २६ हजार ६३० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने १० हजार ९६५ जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म आईसीयूमा ४७५जना, भेन्टिलेटरमा १३४ जना, होम आइसोलेशनमा २४,९५८ जना, संस्थागत आइसोलेशनमा १,६७२ र क्वारेन्टाइनमा २६२ जना रहेको तथ्यांकमा उल्लेख छ ।

    मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर ८.९ प्रतिशत छ भने मृत्युदर १.५ प्रतिशत छ । मुलुकमा निको हुनेको दर ९५.२ प्रतिशत छ ।