सोलार आयोजनाको उद्घाटन आज
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सोलार आयोजनाको उद्घाटन आज

    खबरपुञ्ज संवाददाता

    २८ भाद्र २०७८, मंगलवार

    दुलेगाैडा : शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माण गरिएको पाँच मेगावाट क्षमताको सोलार आयोजनाको आज उद्घाटन हुने भएको छ । उर्जा जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुषालले आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

    बिहान ११ बजे उद्घाटन गर्ने जनाईएको छ । आयोजनाको सोलार फार्म प्रालिले निर्माण गरेको हो । आयोजना दुई वर्ष अगाडी सक्ने लक्ष्य थियो । नेपाल विधुत प्राधिकरणसँगको पिपिए सम्झौतामा २०१९ जुलाईमा विद्युत उत्पादन गर्ने उल्लेख थियो । सोलार फार्म प्रालिका अध्यक्ष मोहन गुरुङका अनुसार आयोजनाबाट परीक्षण सफल भएको छ ।

    भानुभक्त बहुमुखी क्याम्पस बेलचौताराको जग्गा भाडामा लिएर सोलार आयोजना शुरु गरिएको हो । आयोजनास्थलमा १५ हजार ५ सय सोलार प्यानल जडान भएको छ । यहाँ उत्पादन भएको विद्युत नेपाल विधुत प्राधिकरणको बेलचौतारा शवस्टेसनमा लगेर राष्ट्रिय प्रसारण लाईनमा जोडिनेछ ।

    सोलार आयोजना र शवस्टेसनको दुरी ६ सय मिटर मात्र छ । पिपिए सम्झौता अनुसार यहाँ उत्पादित ५ मेगावटसम्म प्रति युनिट ७.३० रुपैयाँमा प्राधिकरणले विधुत खरिद गर्नेछ । ५ मेगावट बढीको प्रति युनिट ३.६५ रुपैयाँमा आयोजनाले बेच्नुपर्नेछ । तीन वर्ष अगाडी सुरु भएको सोलार फार्मको बेलचौताराबाट विधुत उत्पादन हुन थालेपछि मुस्ताङ लगायतका विभिन्न स्थानमा पनि नयाँ सोलार आयोजनाको काम थाल्ने कम्पनीले जनाएको छ ।