दमौली : नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख दुई महिनामै सरुवा भएका छन् । गत असारमा मात्रै तनहुँ आएका सोवितबहादुर क्षेत्री दुई महिनामै सरुवा भएका हुन् ।
विद्युत प्राधिकरणले उनलाई कालीगण्डकी कोरिडोर २२० केभी प्रशारण लाइन आयोजना अन्तरगत कुश्मा स्टेशनमा सरुवा गरेको हो ।
तनहुँ वितरण केन्द्रमा कालिकोटबाट मेखराज जोशी आउने भएका छन् । प्राधिकरणमा कुलमान घिसिङमा नियक्त भएर आएपछि एकैपटक धेरै कर्मचारीको सरुवा भएको छ ।
यसैगरी तनहुँ हाइड्रोका प्रबन्धक प्रदीप थिकेको पनि सरुवा भएको छ। उनको ठाउँमा किरणमान श्रेष्ठ आउने भएका छन् ।