दमौली : राष्ट्रिय बाल दिवसको अवसरमा इनरह्विल क्लव अफ दमौलीले अपाङ्गता एक छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । क्लवले व्यास नगरपालिका-५ स्थित जनजुक्त शाही माविमा अध्ययनरत प्रतिमा श्रेष्ठलाई मंगलबार छात्रवृत्ति प्रदान गरेको हो ।
क्लवले श्रेष्ठलाई विद्यालय पोशाक, शैक्षिक सामग्री र नगद १५ हजार एक सय पॉच हस्तान्तरण गरेको छ । क्लवकी अध्यक्ष मन्जु थापाले बालिकाको अध्ययनमा सहयोग पुर्याउन सहयोग गरेको जानकारी दिइन् ।
जन्मदै शारीरिक अपाङ्गता उनको पढाईमा इनरह्विलले वार्षिक रुपमा सहयोग गर्दै आएको क्लवकी पूर्व अध्यक्ष निर्मला मल्लले बताइन् ।
क्लवमा आबद्ध महिलाहरुले विभिन्न सामाजिक काममा सहयोग गर्दै आएका छन् ।