दमाैली : व्यास नगरपालिकाले भदौ ३० गते कोभिड १९ विरुद्धको एष्ट्राजेनिका खोप अभियान सञ्चालन गर्ने भएको छ । नगरपालिकाले दुई वटा खोप केन्द्रबाट खोप अभियान सञ्चालन गर्न लागेको हो ।
लक्षित समूहका लागि खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । व्यास–२ स्थित केराबारी आधारभूत स्वास्थ्य केन्द्र र व्यास–४ स्थित सिमलटार आधारभूत स्वास्थ्य केन्द्रमा खोप अभियान सञ्चालन हुनेछ ।
केराबारी आधारभूत स्वास्थ्य केन्द्रमा तरकारी व्यवसायी, होटल व्यवसायी, मासु व्यवसायी र सिमलटार आधारभूत स्वास्थ्य केन्द्रमा किराना पसल, हेयर शैलुन, व्युटीपार्लर व्यवसायीलाई खोप लगाइनेछ । खोप लगाउन आउँदा अनिवार्य रुपमा परिचय खुल्ने परिचयपत्र र व्यवसायीको हकमा व्यवसाय दर्ता पत्र अनिवार्य ल्याउनुपर्ने सोतीले बताए ।