रोटरी दमौलीद्वारा विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    रोटरी दमौलीद्वारा विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण

    खबरपुञ्ज संवाददाता

    २८ भाद्र २०७८, मंगलवार

    दमाैली : रोटरी क्लब अफ दमौलीले राष्ट्रिय बाल दिवसको अवसरमा विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । क्लबले मङ्गलबार व्यास नगरपालिका–१३ तिवारी भञ्ज्याङस्थित सितला प्राविका विपन्न परिवारका बालबालिकालाई ट्रयाकसुट, जुत्ता, मोजा लगायतका पोशाक, व्याग, कापी, कलम लगायतका सामग्री वितरण गरेको हो ।

    विद्यालयमा अध्ययनरत१८ जना आर्थिक रुपमा विपन्न परिवारका बालबालिकाको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले सहयोग सामग्री वितरण गरिएको क्लबका अध्यक्ष दिनेशकुमार श्रेष्ठले बताए ।

    सदरमुकामको नजिकै भएर पनि बत्तिमुनिको अँध्यारो जस्तै अनुभूति दिलाउने उक्त विद्यालयको नाजुक अवस्थालाई मध्यनजर गर्दै रोटरीले सहयोग निरन्तर जारी राख्ने अध्यक्ष श्रेष्ठले प्रतिवद्धता व्यक्त गरे ।

    कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष एवं संविधान सभा सदस्य रामचन्द्र पोख्रेलले रोटरीबाट प्राप्त सहयोगले बालबालिका र विद्यालय परिवारलाई थप हौसला मिल्ने विश्वास व्यक्त गरे ।

    वडा सदस्य एकराज तिवारीले रोटरी क्लबले आफ्नै अगुवाईमा विद्यालयको आवश्यकता पहिचान गरी सहयोगको लागि पहलकदमी चालेकोमा आभार व्यक्त गरे । विद्यालयका प्रअ गजेन्द्रराज पन्तले विद्यालयले विस्तारै भौतिक पूर्वाधार तथा विद्यार्थी सङ्ख्या बढाउँदै लगेको भएपनि सन्तोषजनक उपलब्धी नभएको बताए । साथै रोटरी क्लबको सहयोगले विद्यालय परीवारलाई थप उर्जा दिएको उनको भनाइ थियो ।

    यसैगरी रोटरी क्लब दमौलीले व्यास सामुदायिक सिकाइ केन्द्रका बालबालिकालाई खाजा, मास्क तथा ब्रोक स्क्रिप्ट शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।