पोखरा : “सामान्य अवस्था वा कोभिड महामारी, बाल अधिकारको संरक्षणमा हामी सबैको जिम्मेवारी” भन्ने मूल नारा सहित राष्ट्रिय बाल दिवस २०७८ को अवसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
चिल्ड्रेन नेपालको आयोजनामा शिक्षा क्षेत्रमा कोभिड १९ को प्रभाव विषयमा बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।
संस्थाले विद्यालय पढ्न सहयोग गरेका बालबालिकाहरुबीच बक्तृत्वकला भएको थियो ।
कार्यक्रम २० भाद्रमा साहारा बाल आधारभुत विद्यालय र २९ गते चिल्ड्रेन नेपाल मासबारमा गरिएको थियो । दुबै स्थानमा गरि ९० जना बालबालिकाको उपस्थिती रहेको थियो भने २९ जनाले उक्त बिसयमा बोलेका थिए ।
प्रतियोगिता २ तह आधारभुत तह र माध्यमिक तहमा अध्ययन गर्ने बालबालिकाबीच प्रतिस्पर्धा गरिएको थियो । आधारभूत तर्फ प्रथम गिता किसान, द्वितीय लक्ष्मी परियार र तृतीय कुशलता परियार थिए भने माध्यमिक तर्फ अञ्जली नेपाली, आकृति परियार र भारती बिक क्रमशः प्रथम ,द्दितिय र तृतीय स्थान प्राप्त गरेका थिए।
त्यसैगरि प्रतियोगितामा बिपना नेपाली,पुजा परियार,रोजिना बराल क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए । ,उत्कृष्ट हुनेलाई संस्थाका कार्यसमिति सदस्य टेक बहादुर विक, निमित्त कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्मा र वरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्माले सयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा टेक बहादुर विकले समयको महत्व बुझेर अघि बढ्न र गलत बाटो तर्फ नलागी सहि र सत्यमा लाग्न बालबालिकालाई आग्रह गरेका थिए । संस्थाले विगतका वर्षमा जस्तै यस वर्ष पनि कोभिड १९ बाट सुरक्षित रहि यो महत्त्वपूर्ण दिनको अवसरमा बालबालिकाको शशक्तीकरणका लागि कार्यक्रम गर्दै आएको छ। उनले बालअधिकारको संरक्षणका लागि घरपरिवार, विद्यालय देखि समाज सम्बेदनशिल बन्नुपर्ने बताए ।
वरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्माले विपत् र महामारीमा संस्थाले सचेतनामुलक गतिविधि गर्दै आएको र त्यस्तो बेला बालबालिकाका सवालहरुलाइ सम्बोधन गर्ने गरेको बताए ।
कार्यक्रममा बालबालिका युवा तथा परिबार कल्याण शाखाका सहायक सयोजक सुनिता तिमिल्सिना र लीला न्यौपाने लगायतले बाल दिवसको अबसरमा शुभकामना दिएका थिए । कार्यक्रम बाल स्वावलम्बन समूहका अध्यक्ष विपना नेपालीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सह संयोजक रमेश सुवेदीले गरेका थिए ।