दमौली : व्यास नगरपालिका-६ स्थित महेन्द्रज्योति माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि मतदान भएको छ। अध्यक्षका आकाङ्क्षीबीच सहमति हुन नसकेपछि निर्वाचन भएको हो ।
विद्यालयको अध्यक्षमा केशरबहादुर आले निर्वाचित भएका छन् । त्रिपक्षीय भिडन्तमा आलेले १६१ मत प्राप्त गरेका छन् । अध्यक्षका प्रत्यासी मेघप्रसाद नागिलाले ९४ र रोमबहादुर विकले २१ मत प्राप्त गरेका छन् । ३६८ मतदाता रहेकामा २९३ मत मत खसेको थियो ।
यसैगरी व्यवस्थापन समितिको सदस्यहरुमा पनि निर्वाचन भएको थियो । निर्वाचनमा सन्तोष केसी, ढक वहादुर विक र मन्जु घिमिरे सदस्यमा चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिमा अध्यक्षसहित ४ जना, मनोनित २ जना, शिक्षक प्रतिनिधी १ जना र १ जना वडा प्रतिनिधी गरि ९ जना रहने व्यवस्था रहेको छ । हाल ५०० जना विद्यार्थी विद्यालयमा अध्ययनरत भएको विद्यालयका प्रधानाध्यापक बुद्धि कुमार श्रेष्ठले जानकारी दिए ।
नवनिर्वाचत अध्यक्ष आलेले शैक्षिक क्षेत्र सुधारका लागि आफूले सबैको साथ र सहयोग लिएर अगाडी बढ्ने बताए । “निर्वाचनमा जित हार स्वाभाविक प्रक्रिया हो, अब विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि सबै मिलेर अगाडी बढ्नुपर्छ,” उनले भने ।
वडाध्यक्ष सूर्यभक्त भण्डारीले विद्यार्थीको भौतिक तथा शैक्षिक क्षेत्रका विस्तारका लागि आफूले सक्ने भूमिका खेल्ने बताए ।