दसैँका लागि नयाँ नोट असोज ४ देखि, एकजनालाई साढे १८ हजारसम्म
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    दसैँका लागि नयाँ नोट असोज ४ देखि, एकजनालाई साढे १८ हजारसम्म

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०७८, बुधबार

    काठमाडौं : दसैँ तथा तिहारलक्षित गरेर राष्ट्र बैंकले असोज ४ गतेबाट नयाँ नोट निष्कासन गरेको छ । असोज ४ देखि २४ गतेसम्म नयाँ नोट साट्न पाइने राष्ट्र बैंक नोट विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए ।

    नेपाल राष्ट्र बैंकले विज्ञप्ति जारी गर्दै असोज ४ गतेबाट नयाँ नोट साट्न सकिने बताएको हो । राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरूको शाखा कार्यालयहरूबाट सटहीको व्यवस्था मिलाइएको जनाएको छ ।

    राष्ट्र बैंकका अनुसार साना र ठूला दरका गरी प्रतिव्यक्तिले १८ हजार ५ सयसम्म उपलब्ध गराइने रूपैयाँ वितरण गरिने छ । संस्थागत प्रयोजनका लागि भने २ देखि ५ करोडसम्म उपलब्ध गराइनेछ ।

    गत वर्ष भने कोरोनाको जोखिमका कारण भन्दै नयाँ नोट सटही गरिएको थिएन ।