तनहुँमा असोज १२ सम्म पुरानै शैलीकाे निषेधाज्ञा (आदेश सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा असोज १२ सम्म पुरानै शैलीकाे निषेधाज्ञा (आदेश सहित)

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०७८, बिहीबार

    दमाैली : जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले तनहुँमा जारी निषेधाज्ञा लम्ब्याएको छ । केन्द्रका संयोजक एवं निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको अध्यक्षतामा आज बसेको बैठकले असोज १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । यसअघि जारी गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिदैछ ।

    कोभिड–१९ को जोखिम कम नभएको निष्कर्ष सहित पुरानै शैलीको निषेधाज्ञालाई निरन्तरता दिइएको निमित्त प्रजिअ बरालले जानकारी दिए । निषेधाज्ञा आदेश कडाईका साथ पालना गर्न गराउन सबै व्यक्ति, सङ्घसंस्था, पेशाकर्मी, व्यवसायीलाई आग्रह गरिएको छ ।

    No photo description available.
    No photo description available.

    आदेशमा भौतिक रुपमा उपस्थित भई गरिने सबै प्रकारका सभा, सम्मेलन, प्रदर्शन, भेला, जात्रा तथा महोत्सव सञ्चालन गर्न रोक लगाइएको छ । तर कानून बमोजिम गर्नुपर्ने साधारण, सभा, सम्मेलन, अधिवेशनको हकमा नेपाल सरकारबाट निर्धारित जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी केन्द्रलाई जानकारी गराई सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ ।

    विद्यालय तथा कलेज भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन विद्यालय सिकाई सहजीकरण निर्देशिका र कोभिड १९ सङ्क्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन कार्यविधि २०७८ मा उल्लेखित सूचक अनुसार जोखिमको स्कोरिङ तथा विश्लेषण गरी विद्यालय व्यवस्थापन समितिको सिफारिसका आधारमा स्थानीय तहको निर्णय अनुसार आवश्यक व्यवस्थापन गराउन सक्ने निमित्त प्रजिअ बरालले बताए । पार्टी प्यालेसको हकमा स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी कूल क्षमताको ५० प्रतिशतमा नबढ्ने गरी बेलुका ६ बजेसम्म सञ्चालन गराउन अनुमति दिइएको छ ।