ठूला दलले संविधानलाई माइन्युट बुक जस्तो बनाए : पूर्वमन्त्री पाण्डे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ठूला दलले संविधानलाई माइन्युट बुक जस्तो बनाए : पूर्वमन्त्री पाण्डे

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०७८, बिहीबार

    दमाैली : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डेले ठूला दलले संविधानलाई कुनै सङ्घसंस्थाको माइन्युट बुक जस्तो बनाएको आरोप लगाएका छन् । विश्वकै उत्कृष्ट भनिएको नेपालको संविधानलाई नेपालका ठूला दलले आफू अनुकुल प्रयोग गर्दै आएको पाण्डेले बताए ।

    राप्रपा तनहुँको बिहीबार दमौलीमा आयोजित अधिवेशनको उद्घाटन गर्दै पूर्वमन्त्री पाण्डेले भने, “संविधानको चिरहरण गर्ने काम भएको छ, यसको विरुद्धमा सम्पूर्ण राष्ट्रवादी एकढिक्का हुनुपर्छ ।”

    नेपालमा सङ्घीयता लागू भएपनि जनताका लागि भन्दा पनि नेताका लागि सङ्घीयता आएको महशुस भएको पाण्डेको आरोप थियो । सङ्घीयता नेपाली जनता लुट्न र नेता मोटाउनका लागि ल्याइएको बताए ।

    राष्ट्र रहे मात्रै जनता रहने भएकाले राष्ट्रलाई बलियो बनाउने अभियानमा आफ्नो पार्टी रहेको उनको भनाई थियो । राष्ट्र बलियो बनाउने अभियानमा लाग्न उनले आग्रह गरे । जनताका हरेक समस्यामा राप्रपा बोल्नुपर्नेमा जोड दिँदै पाण्डेले तबमात्र आगामी स्थानीय तहको निर्वाचनमा राम्रो नतिजा प्राप्त हुने दावी गरे ।