सागर नेपाली साउनको ‘उत्कृष्ट प्रहरी घोषित’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सागर नेपाली साउनको ‘उत्कृष्ट प्रहरी घोषित’

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०७८, बिहीबार

    दमौली : जिल्ला प्रहरी कार्यालय तनहुँका सहायक निरीक्षक सागर नेपाली साउन महिनाको उत्कृष्ट कर्मचारी घोषित भएका छन् । विभागीय मूल्य, मान्यता, आदेश निर्देशनको पालना गरी व्यावसायिक, लगनशील भई कर्तव्यपालन गरेबापत नेपाली साउन महिनाको उत्कृष्ट घोषित भएका हुन् ।

    उनलाई प्रहरी उपरिक्षक दिनेशराज मैनालीले प्रशंसापत्र प्रदान गरे । प्रहरीले प्रत्येक महिना उत्कृष्ट प्रहरी कर्मचारी घोषणा गर्ने भएको छ । कार्यप्रति प्रोत्साहित गर्न प्रहरीलाई ‘वेष्ट पुलिस अफ दि मन्थ’ को उपाधि दिन लागिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिए ।

    कर्तव्य ज्यान, गौबध, अवैध नदीजन्य पदार्थ ओसापसार, सवारी ज्यान, नागरिकता किर्ते, बहु बिबाह, बन सम्बन्धी कसूर, जबरजस्ती करणी लगायत बिभिन्न प्रकृतिका अपराधका घटनामा संलग्न रही अदालतबाट सजायँ भई फरार रहेका ३५ जना फरार प्रतिवादी पक्राउ लगायतका कार्यमा उनको योगदान रहेको प्रहरीले जनाएको छ ।