व्यासको पिसिआर प्रयोगशालाले अनुमति पायो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासको पिसिआर प्रयोगशालाले अनुमति पायो

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०७८, शुक्रबार

    दमाैली : तनहुँको व्यास नगरपालिकाले सञ्चालन गरेको पिसिआर प्रयोगशालाले अनुमति पाएको छ । व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालित पिसिआर प्रयोगशालालाई प्रदेश जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएको हो ।

    प्रदेश प्रयोगशालाले स्थलगत अनुगमन गरी पेश गरेको प्रतिवेदन र प्रयोगशालाबाट प्राप्त २० नमूनाको नतिजा प्रमाणीकरणको आधारमा प्रयोगशालाको मापदण्ड पुगेकाले पिसिआर परीक्षण गर्न अनुमति प्रदान गरिएको निमित्त निर्देशक सपना सुवेदीले जानकारी दिइन् ।

    व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले प्रयोगशालाका मेसिनको सम्पूर्ण मापदण्ड पुगेकाले अब पिसिआर परीक्षणको तयारी गरिएको जानकारी दिए । पिसिआर प्रयोशालामा पाँच जना स्वास्थ्यकर्मी नियुक्त गरिएको छ । प्रयोगशालाबाट एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिन्छ । त्यसको नतिजा साढे दुई घण्टा प्राप्त हुन्छ । “जिल्लामा प्रयोगशाला नहुँदा यस अगाडी स्वाब सङ्कलन गरेर पोखरा पठाउनुपर्ने बाध्यता थियो, अब जिल्लामै सहज रुपमा छिटो छरितो परीक्षण हुन्छ,” सोतीले भने ।

    पिसिआर प्रयोगशालाका लागि सङ्घीय सरकारले नगरपालिकालाई रु २५ लाख बजेट सहयोग गरेको थियो । पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर पठाउँदा रिपोर्ट आउन ढिलाई भएपछि नगरपालिका आफै पिसिआर परीक्षणका लागि कस्सिएको हो ।

    प्रयोगशालाका लागि व्यासका जनप्रतिनिधिले एक महिना बापतको रु १२ लाख सहयोग गरेका छन् । यस्तै प्रयोगशालाका लागि नगरपालिकाका कर्मचारीले तलब सहयोग गरेका छन् । व्यास नगरपालिका अन्र्तगत विभिन्न शाखा तथा उपशाखामा कार्यरत कर्मचारीहरुले प्रयोगशालाका लागि रु ६ लाख सहयोग गरेका छन् । पिसिआर प्रयोगशालाका लागि तनहुँ समाज हङकङ र तनहुँ समाज अष्टे«लियाको तर्फबाट रु दुई÷दुई लाख सहयोग गरिएको थियो ।