काङ्ग्रेस गण्डकी प्रदेशको सभापतिमा पौडेलले उम्मेद्वारी दिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काङ्ग्रेस गण्डकी प्रदेशको सभापतिमा पौडेलले उम्मेद्वारी दिने

    खबरपुञ्ज संवाददाता

    १ आश्विन २०७८, शनिबार

    दमौली : नेपाली काँग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेलले काँग्रेस गण्डकी प्रदेश समिति सभापतिमा उम्मेद्वारी दिने तयारी गरेका छन् । सर्वसम्मत रुपमै नभएर चुनाव लडेर भएपनि प्रदेश सभापति बन्ने दौडमा पौडेल छन् ।

    सभापतिका आकांक्षी पौडेलले प्रदेश स्तरका नेता कार्यकर्ता मात्रै नभई जिल्ला स्तरदेखि केन्द्रीय स्तरका नेतासँग पनि भेटघाट बढाएका छन् ।

    पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउन गिरेको साखलाई कामय गर्न र नेपाली काँग्रेसको गरिमा र प्रतिष्ठालाई थप उचाईमा पुर्याउन प्रदेश समितिमा उम्मेद्वारी दिने पौडेले बताए । ‘‘गुटबन्दीलाई अन्त्य गरी एकधार भएर नदी जस्तै बहने काँग्रेस निर्माण गर्न जरुरी छ,” पौडेलले भने, “वैचारिक नेतृत्व, आन्तरिक लोकतन्त्र र जनतामुखी सङ्गठन निर्माणको लागि मेरो उम्मेद्वारी हो ।

    नेताहरुसँग भएको भेटघाट र छलफलमा आफ्नो उम्मेद्वारीका लागि सकरात्मक भएकोले पाएको उत्साह मिलेको पौडेलले बताए । प्रदेश, सङघ र नगर÷गाउँको निर्वाचनमा पार्टीलाई विजय गराउन र सशक्त संगठनका निम्ति केन्द्रीय तहसँग समन्वय गर्दै भ्रातृसंगठन र विभागहरुको सुदृढिकरण र परिचालनमा महत्वपूर्ण भूमिका खेल्न उम्मेद्वारी दिने पौडेलले बताए ।

    को हुन रघुनाथ पौडेल ?

    तनहुँको भानु नगरपालिका–११ रुपकोटमा जन्मिएका पौडेलको बाल्यकाल देखिनै काँग्रेसमा झुकाव रहेको रहेको थियो । बीपी कोईरालाको प्रेरणा नेपाली काँग्रेसका सस्थापक नेता स्व. गोर्बधन शर्माको माया एवं गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशीस कोइरालाको सङ्गतमा राजनीतिमा होमिएको पौडेल बताउँछन् ।

    पौडेलले २०२४ सालमा इन्टर कलेज लमजुङको स्ववियू सदस्यको रुपमा निर्वाचित भई राजनीति यात्रा शुरु गरेका थिए । नेपाली कांग्रेसद्वारा सञ्चालित २०३६ सालको आन्दोलन तथा जनमत संग्रह , २०४२ सालको सत्याग्रह, २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा पटक पटक गरी प्रहरी हिरासत र १ वर्ष कारावास बसेका थिए ।