गणेशमानको स्मृति दिवस मनाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गणेशमानको स्मृति दिवस मनाइयो

    खबरपुञ्ज संवाददाता

    १ आश्विन २०७८, शनिबार

    दमौली : नेपाली कांग्रेसका नेता गणेशमान सिहंको २५औं स्मृति दिवसका अवसरमा शनिबार व्यास-२ गणेशमानचोकमा रहेको सिंहको सालिकमा माल्यार्पण गरिएको छ। नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले सिंहको स्मृति दिवसमा माल्यापर्ण गरेका हुन् ।

    कार्यक्रममा सिंहको योगदानको स्मरण गरिएको थियो । कार्यक्रममा बोल्दै कांग्रेस जिल्ला सभापति वैकुण्ठ न्यौपानेले गणेशमानले आर्दशको राजनीतिलाई अबलम्बन गरेको उल्लेख गर्दै जनआन्दोलनका सर्वोच्च कमान्डर  सर्वमान्य नेता र उनको राजनीतिक योगदानलाई सदैब स्मरण गर्नुपर्ने बताए।

    २५औं स्मृति दिवसको अवसरमा कांग्रेसले विभिन्न कार्यक्रम गरी पहिलो जनआन्दोलनका सर्वोच्च  कमान्डर तथा सर्वमान्य नेता सिहंको स्मरण गरिरहेको छ।