प्रदेश सरकार विकासको जग बनाउन लागिपरेको छ : उपाध्यक्ष काफ्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रदेश सरकार विकासको जग बनाउन लागिपरेको छ : उपाध्यक्ष काफ्ले

    खबरपुञ्ज संवाददाता

    १ आश्विन २०७८, शनिबार

    बन्दिपुर : गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले वर्तमान प्रदेश सरकार विकासको जग बनाउन लागिपरेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ तनहुँ र शेरकाष्ट नेपालको आयोजनामा शनिबारदेखि बन्दिपुरमा शुरु तालिममा सम्बोधन गर्दै उपाध्यक्ष काफ्लेले प्रदेश सरकारको अवधि एक वर्षमात्रै रहेकाले यस अवधिमा धेरै गर्न नसकिएपनि विकासको जग तयार गरिने बताए ।

    गण्डकी प्रदेशलाई समृद्ध प्रदेश बनाउन प्रदेश सरकार योजना बनाएर लागिपरेको बताउँदै काफ्लेले भने “सरकारलाई समयको सुविधा छैन, एक वर्ष मात्रै अवधि छ, जग तयार गर्न सके भावी नेतृत्वलाई सहयोग पुग्छ ।” उपाध्यक्ष काफ्लेले विगतका सरकारको कामलाई पनि समेटेर वर्तमान सरकार अगाडी बढेको बताए ।

    प्रदेश सरकारले समृद्धिको अभियान अगाडी बढाउन खोजेको चर्चा गर्दै उहाँले विकासका गतिविधि पुनरावलोकन गरिने बताए । कोभिड महामारीले पनि विकासलाई फरक ढङ्गबाट सोच्न बाध्य बनाएको उनकाे भनाई थियो । “आवधिक योजना नयाँ ढङ्गबाट अगाडी बढाउँछौ, विकासको बाटोलाई आवश्यकता अनुसार पुनर्भाषित गर्छौ,” उनले भने ।

    गण्डकी प्रदेश सम्भावना नै सम्भावना बोकेको प्रदेश भएपनि सम्भावनालाई उजागर गर्न नसकिएको उनले बताए । “जति रुपमा प्रयोग गर्नुपथ्र्यो, त्यो हुन सकेको छैन,” उनले भने । देशको कुल ग्राहस्थ उत्पादनमा गण्डकी प्रदेशको ७ प्रतिशतमात्रै योगदान रहेको बताउँदै त्यो पर्याप्त नरहेको बताए । लगानीको वातावरण बनाउन प्रदेश सरकारले योजना बनाएको बताउँदै उहाँले त्यसका लागि आवश्यक नीति बनाइने जानकारी दिए ।